काठमाडौं बारमा कांग्रेस निकटको प्यानल दुईतिहाई मतसहित निर्वाचित
काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिमा नेपाली कांग्रेस निकटको डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए)को पूरै टिम निर्वाचित भएको छ ।
निर्वाचन समितिले जारी गरेको अन्तिम नतिजाअनुसार अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन् । चिलुवालले डीएलएको तर्फबाट प्यानल बनाएका थिए । चिलुवालको प्यानल नै अत्याधिक मतसहित निर्वाचित भएको छ ।
अध्यक्ष पदमा निर्वाचित भएका चिलुवालले ११११ मत पाएका छन् । अध्यक्षमा पराजित भएका सुरेन्द्र तिवारीले १३० मत पाएका छन् ।
उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे १११० मतसहित विजयी भएकी छिन् । उपाध्यक्षमा रीता पोखरेल १०१ मतसहित पराजित भएकी छिन् ।
सचिव पदमा पुरुषोत्तम अर्याल ११४६ मतसहित निर्वाचित भएका छन् भने मैयादेवी दाहाल १०१ मतसहित पराजित भएकी छिन् । सह–सचिवमा अनिता शर्मा निर्विरोध निर्वाचित भएकी छिन् ।
कोषाध्यक्षमा प्रमिला कायस्थ १०७८ मतसहित निर्वाचित भएकी छिन् भने हेमलता जि.सी. १५९ मतसहित पराजित भएकी छिन् ।
महिला दुई सदस्य पदमा सम्झना के.सी. र तुलसा खरेल निर्विरोध भएका छन् । खुला १२ सदस्य पदमा सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनकसिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई कृष्णप्रसाद दाहाल, तुल्सीराम पराजुली, सुनिलकुमार यादव, बोधविक्रम थापा र रामबहादुर शाही निर्वाचित भएको निर्वाचन समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया