प्रधानमन्त्री ओलीसँग नाउपाका संरक्षक चौधरीद्वारा भेट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले भेट गरेका छन् ।

साेमबार बालुवाटारमा ओली र चौधरीबीच भेट भएको हाे । सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि चौधरीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओलीले संरक्षक चौधरीसँग सरकारलाई दिएकाे समर्थन नलिन आग्रह गरेकोे बुझिएको छ ।

चौधरीले प्रधानमन्त्री ओलीसँग सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणबारे जानकारी गराएका छन् ।

नाउपाले आइतबार मात्रै संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यसअघि नै सुदूरपश्चिम सरकार पनि नाउपाले छाडेको छ ।

सरकार छाडेको जानकारी आइतबार नै नाउपाले सभामुखलाई दिइसकेको छ। त्यसपछि सोमबार मात्रै प्रतिनिधिसभाको बैठकमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा बसेकी छिन् ।

सुदूरपश्चिम सरकारबाट पर्यटनमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि तनाव बढेको हो । त्यहीकारण नाउपाको कांग्रेस–एमालेसँगको सम्बन्ध बिग्रिएको छ ।

Published : Monday, 2025 July 7, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया