जिल्ला सभापति र केन्द्रीय सदस्यहरूविरुद्ध कांग्रेसमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समिति संयोजक एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको बताएका छन् ।

आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा ढुङ्गानाले भने, ‘केन्द्रीय सदस्य ११ जना, प्रदेश सभापति १ जना, जिल्ला सभापति ७ जनालाई अनुशासनसम्बन्धी कारबाहीका लागि उजुरी प्राप्त भएको छ ।’

संयोजक ढुङ्गानाले उजुरी प्राप्त भएका केन्द्रीय सदस्य, सभपाति र नेताहरूको नाम खुलाएका छैनन् ।

अनुशासन समितिले आफूखुसी र पूर्वाग्रही राखेर कारबाही गरेको नेताहरूले बैठकमा कुरा उठाएका छन् । ढुङ्गानाले भने, ‘प्रमाणको आधारमा हामीले कारबाही गरेका छौँ । उजुरीको मात्र आधारमा हामीले गरेका छैनौँ ।’

Published : Monday, 2025 July 7, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया