कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केही ढिला गरेर बस्ने भएको छ ।

सोमबार असार २३ गते दिउँसो २ बजे बस्ने भनिएको बैठक दिउँसो ३ः३० बजे बस्नेछ ।

आन्तरिक तयारी र व्यवस्थापन गर्नुपर्ने भएपछि कांग्रेसको बैठक केही समय पछाडि सरेको हो । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजै समापन गर्ने तयारी छ ।

उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाको प्रतिवेदनहरूमा नेताहरूले टिप्पणी गर्दै आएका छन् ।

केन्द्रीय सदस्यहरूले राखेका धारणाको सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिनेछन् ।

Published : Monday, 2025 July 7, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया