प्रधानमन्त्री ओलीविरुद्ध बालेन र विद्यादेवीको मोर्चा, कृष्णगोपाल बने रणनीतिकार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई साइजमा राख्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले विद्यादेवी भण्डारी कार्ड खेलेका छन् ।
सामाजिक सञ्जालमा अन्टसन्ट लेखेर भाइरल बनेका बालेनलाई काठमाडौं महानगरपालिका सञ्चालन गर्न कठिन भएको छ । विशेष गरेर बालेनलाई एमालेका वडाध्यक्ष र सदस्यहरूले ठूलो असहयोग गर्दै आएका छन् । कार्यकारी प्रमुख अधिकृत र उपमेयर सुनिता डङ्गोलमार्फत आफूलाई असहोग भइरहेको बुझाइ बालेनको छ । यो कार्यमा प्रधानमन्त्री ओलीको प्रमुख भूमिका रहेको बालेनले बताउने गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच शक्ति संघर्ष चर्किएको छ । ओली र भण्डारीबीच शक्ति संघर्ष भइरहेका बेला बालेनले पूर्वराष्ट्रपति भण्डारीलाई भेट गरेर सहयोग माग गरेका हुन् ।
मेयर बालेनले पूर्वराष्ट्रपति एवम् एमाले नेतृ भण्डारीलाई बिहीबार दिउँसो भेट गरेका उच्च स्रोतले जनाएको छ । बालेनलाई भण्डारीसँगको भेटका लागि एमालेका नेता एवम् काठमाडौं क्षेत्र नं. ९ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठले लिएर गएका थिए ।
बालेन पुग्नु अघि भंगालस्थित पूर्व राष्ट्रपति निवासमा कोशी प्रदेशका पूर्वमूख्यमन्त्री शेरधन राईपनि त्यही रहेका थिए । भण्डारी केही पारिवारिक भेटघाटमा रहेका बेला सांसद श्रेष्ठले समय लिएर भेटघाट गराएका थिए ।
एमालेको राजनीतिमा फर्किन पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी छिन् । एमालेको सक्रिय राजनीतिमा फर्किएको अनौपचारिक घोषणा गरेकी भण्डारीले बालेनसँग भेट गरेपछि हलचल उत्पन्न भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते एमालेको सदस्यता नवीकरण गरेकी छिन् । एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिएपछि एमालेभित्र अब दुईलाइन संघर्ष हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया