सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु दुखद् : कांग्रेस नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै महरले सिनेट बैठक स्थगित भएकोमा कुलपति तथा प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् । महरले सिनेट बैठक स्थगित गर्न निर्देशन दिनु प्राज्ञिक संस्थाका लागि सुखद् विषय नभएको बताए ।
उनले भने, ‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ । यस वेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोक्किनु स्वभनीय विषय होइन ।’
विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनु पर्ने उनले बताए । यसले नेपालको शिक्षाप्रति सरकार उदाशीन रहेको सन्देश जान सक्ने महरले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया