पैसाको घमण्डले अहँकारी बनेका अरबपति विनोद चौधरीलाई दीपक गिरीले पनि दिए कडा जवाफ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन् ।

शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेता गिरीले प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिको सम्मान हुनु पर्ने बताए ।

उनले पार्टीभित्र अनुशासनको कारबाही ३/४ महिनाभित्र टुङ्ग्याउनु बताएका छन् ।

‘२१औँ शताब्दीमा अनुशासनको नाममा ३/४ वर्षसम्म कारबाही लम्ब्याइयो भने पार्टी कमजोर हुन्छ,’ उनले भने, ‘गुटको आधारमा कारबाही गरियो भने पनि पार्टीको एकता खल्बलिन्छ ।’

केन्द्रीय सदस्य गिरीले सन्त नेता किशुनजीले विगतका कमजोरीहरूलाई बिर्सेर आममाफीको नीति अवलम्बन गरेको उदाहरण दिएका छन् । सानातिना कमजोरीलाई सुधार्ने अवसर प्रदान गर्नुपर्ने गिरीले बताए ।

पार्टीमा सबैको योगदानको कदर गर्नुपर्ने बताउँदै गिरीले कसैको जवानी र जिन्दगीको लगानी, त कसैको आर्थिक सहयोगले कांग्रेसलाई बलियो बनाएको बताए ।

उनले महावीर शम्शेर, भरत शम्शेर, मैयाँ दिदी, र गौरी दिदीजस्ता व्यक्तित्वले गरेको आर्थिक सहयोगको चर्चा गरेका छन् । उनीहरूले कहिल्यै श्रेय नखोजेको स्मरण नेता गिरीले बताएका छन् ।

अरबपति विनोद चौधरीप्रति लक्षित गरेर नेता गिरीले पार्टीलाई आर्थिक सहयोग गरेका नेताहरूले कहिल्यै पनि जस नलिएको बताएका हुन् । विनोद चौधरीले पार्टीलाई आर्थिक सहयोग गरेको बताएका थिए । त्यसपछि विनोद चौधरीको आलोचना भइरहेको छ ।

मुलुकको तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नेपाली कांग्रेस ठूलो दल र सरकारमा रहेको हुनाले सबैसँग सहमति र सहकार्य अपरिहार्य भएको उनले बताए ।

ईतिहाँस बोकेको पार्टीले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने नेता गिरीले बताएका छन् ।

केन्द्रीय सदस्य गिरीले भने, ‘वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी हुन सकेको छैन । कांग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको छ, आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट लैजाने परम्परा देखियो जुन गलत हो ।’

Published : Saturday, 2025 July 5, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया