कांग्रेसको बैठकमा उपसभापति खड्काको केन्द्रीय सदस्य दहितद्वारा आलोचना
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपाल दहितले उपसभापति पूर्णबहादुर खड्काको विरोध गरेका छन् ।
सोमबार केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा दहितले उपसभापति खड्का प्रमुख रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य चित्त बुझ्ने खालको नरहेको बताए ।
एक केन्द्रीय सदस्यले भन्यो, ‘उपसभापति पूर्णबहादुर खड्काज्यू मेरो व्यक्तिगत कुरा होइन । ग्राउण्डबाट आएको कुरा हो । तपाईको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको काम प्रभावकारी भएन । दुःख नमान्नु होला ।’
केन्द्रीय सदस्य दहितले उपसभापति खड्का नेतृत्वको प्रतिष्ठानको काम र खड्काकै विरोध गरेपछि केन्द्रीय सदस्यहरूले मुखामुख गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया