शोकमा रहेका चन्द्रबहादुर बिकको खेतमा राेपाइ गरेर मनायो दमक कांग्रेसले धान दिवस (तस्बिर)
दमक । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले शोकमा रहेका चन्द्रबहादुर बि.क.को १२ कठ्ठा खेतमा रोपाइ गरेर धान दिवस मनाएका छन् ।
आइतबार झापाको दमक नगरपालिका वडा नं. ३, निवासी चन्द्रबहादुर बि.क.की बुहारी कमला बि.क.को निधन भएपछि परिवार शोकमा छ । कमला बि.क.को निधन भएको आइतबार छैठौँ दिन पुगेको छ ।
चन्द्रबहादुर बि.क.को परिवार १३ दिनको अनुष्ठानमा रहेको छ । दुःखको पीडामा रहेको चन्द्रबहादुर बि.क.को १२ कठ्ठा खेतमा रोपाइ गरेर कांग्रेसका नेता कार्यकर्ताले धान दिवस मनाएको नेपाली कांग्रेस दमक नगर कार्यसमितिका सचिव दीपेश दाहालले बताएका छन् ।
चन्द्रबहादुर बि.क.को १२ कठ्ठाको खेतमा रोपाइ गर्दा लागेको सम्पूर्ण खर्च कांग्रेसका नेता कार्यकर्ताहरू आफैले व्यहोरेका छन् ।
‘चन्द्रबहादुर बि.क. दमक नगरपालिका वडा नं. ३, बुहारी कमला बि.क.को मृत्यु भएको छैठौँ दिन दुःखमा परेको विपन्न परिवारमा आज आइतबार नेपाली कांग्रेस दमक वडा नम्बर ३ ले ७ जना खेताला रोपाहर १२ कठ्ठा खेतमा जोताई समेतको खर्च बेहोरी धान रोपेर धान दिवस मनाइएको छ,’ सचिव दाहालले भनेका छन् ।
सचिव दाहालले भनेका छन्, ‘चन्द्रबहादुर बि.क.को परिवारजनप्रति हार्दिक समवेदना अर्पण गर्दछौं । वडा सभापति गोपाल गिरी लगायत वडा कार्य समिति साथै उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ।’




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया