मानव तस्करीको अभियोग लागेकी उपसभामुख राना सभामुख र प्रमुख सचेतकहरूको बैठकमा सहभागी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा राजनीतिक प्रतिशोध राखेर अबरोध गर्दै आइरहेका बेला सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । सभामुख र सचेतकहरूबीचको छलफलमा उपसभामुख ईन्दिरा राना मगर पनि सहभागी थिइन् ।
उपसभामुख रानालाई मानव तस्करीको अभियोग लागेको छ । रानाको दल रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको छ ।
उपसभामुख जस्तो कुर्सीमा बसेकी रानाले अमेरिकन राजदूतावासलाई आफ्नो लेटरहेडमा पत्र लगेर भिसाा दिन माग गरेकी थिइन् । उपसभामुख रानाको पत्रअनुसार भिसा दिन अमेरिक एम्बेसीले अस्वीकार गरिदिएको थियो ।
उससभामुख रानालाई मानव तस्करीको अभियोगमा कारबाही माग छ । रानाको विषयमा रास्वपाले बोलेको छैन । रास्वपाका आफ्ना सांसद र नेताले जे गरेपनि हुने । अरुका विषयमा राजनीतिक प्रतिशोध राखेर हर्कत गर्ने कार्य भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया