एमाले फरक दल भएकाले कहिले काहीँ असमझदारी देखिन्छ, स्वभाविक हो : सभापति देउवा
भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् ।
चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताए ।
सरकारले गर्ने कुनै–कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै देउवाले यसलाई अनौठो मान्न नहुने बताए ।
सभापति देउवाले भने, ‘एमाले फरक दल भएकाले कहिले–कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो ।’
सभापति देउवाले भने, ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’ कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको देउवाले बताए ।
सभापति देउवा कांग्रेसकी नेतृ गौरीदेवी प्रधानलाई श्रद्धाञ्जलि दिन चितवन आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया