प्रधानमन्त्री ओलीद्वारा सभापति देउवासहित सत्तापक्षीय दलका शीर्ष नेताहरूसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तापक्षीय दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
मंगलबार प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८२/८३ को बजेट, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल गरेका हुन् । सरकारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अबरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीद्वारा परामर्श गरिएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष सीके राउत, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया