डीआईजीको म्याद थप, भिसा छानविन समिति गठन, दुई सचिवको सरुवा
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णय गरेको छ ।
सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा तीन जना सदस्य रहनेछन् । छानबिन समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।
मन्त्रिपरिषदले बजेटमा उल्लेखित ‘टेक एण्ड पे’ को नीति हटाउने निर्णय गरेको बुझिएको छ ।
सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ । डीआईजीद्वय कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गरिएको छ ।
त्यसैगरी, सरकारले २ जना सचिवको सरुवा गरेको छ । निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेको छ । वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिव पदमा सरुवा गरेको बुझिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया