अछाम कांग्रेसका नेता रावलको निधन
काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामका जिल्ला सदस्य मानसिंह रावलको ८५ वर्षको उमेरमा निधन भएको छ ।
रावलको असार ८ गते आइतबार निधन भएको हो । कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार शोक वक्तव्य जारी गरेर रावलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको जनाएका छन् ।
रावल विक्रम संवत् १९९७ असार ४ गते जन्मिएका थिए । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा रावलले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
रावलको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।
‘मानसिंह रावलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ,’ शोक वक्तव्यमा भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया