कांग्रेस सहमहामन्त्री पदमा भरखर ५० वर्ष काटेका योगेन्द्रले ६२ र ७० पूरा गरेका नेताहरूसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । नेपाली कांग्रेसको थारु कोटातर्फको सहमहामन्त्री पदमा तीन नेताहरूबीच प्रतिस्पर्धा हुन लागेको छ ।
बिहीबार काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि मतदान हुन लागेको छ ।
थारु आरक्षणतर्फको सहमहामन्त्री पदमा भरखर ५० वर्ष काटेका योगेन्द्र चौधरीले ६२ र ७० वर्षका दुई थारु नेताहरूसँग प्रतिस्पर्धा गर्न लागेका छन् । पुस्तान्तरणको बहस चलिरहेको बेलामा योगेन्द्र चौधरीले दुई बृद्ध नेताहरूसँग प्रतिस्पर्धा गर्न लागेका हुन् ।
थारु आरक्षणतर्फको सहमहामन्त्री पदमा ६२ वर्षीय तेजुलाल चौधरी र ७० वर्षीय सुरेन्द्र चौधरीले पनि उम्मेदवारी दिएका छन् । तेजुलाल चौधरी र सुरेन्द्र चौधरी मन्त्री भइसकेका र विभिन्न अवसरको अनुभूति लिएका नेताहरूमा पर्छन् ।
दुई युवा नेतृत्व गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको विश्वासमा काम गरेका योगेन्द्र चौधरीले सहमहामन्त्री पदमा तेजुलाल र सुरेन्द्रसँग प्रतिस्पर्धा गर्न लागेक हुन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया