मन्त्रीहरूले ०८४ को चुनाव लक्षित गरी बजेट ल्याए : सांसदहरू
काठमाडौं । सांसदहरूले आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको बताएका छन् ।
शनिबार बसेको प्रतिनिधि सभामा बैठकमा १० वटा मन्त्रालयको विनियोजित बजेटमाथिको छलफल भएको थियो । छलफलमा भाग लिएका सांसदहरूले सरकारले सन्तुलित बजेट नबनाएको आरोप लगाए ।
सांसदहरूले २०८४ सालको चुनावलाई लक्षित गरी मन्त्रीहरूले बजेटमा हालीमुहाली गरेको आरोप लगाएका छन् ।
सांसदहरूले विद्युत् उत्पादकहरूलाई निरुत्साहित गर्ने गरी टेक एन्ड पेको व्यवस्था गरिएको, शिक्षामा बजेट कटौती गरिएको भन्दै आपत्ति जनाएका छन् ।
विकासका आयोजना समेत अलपत्र पार्ने गरी बजेट विनियोजन गरिएको उनीहरूको आरोप लगाएका छन् ।
सांसदहरूले धान रोप्ने बेला किसानले रासायनिक मलको अभाव भोग्नुपरेको बताएका छन् । उनीहरूले रासायनिक मल समयमा किसानलाई उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया