सभापति देउवासँग रास्वपा उपसभापति वाग्लेद्वारा सुटुक्क भेट, रवि लामिछानेकाे बारेमा छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिि वाग्लेले भेेट गरेका छन् ।
सभापति देउवासँगकाे भेटमा वाग्लेले संसदमा भइरहेको आफूहरूकाे आन्दोलनलाई सुरक्षित अवतरणका लागि आग्रह गरेको बुझिएको छ । वाग्लेले आफूहरू कांग्रेससँग मुठभेड गरेर जाने पक्षमा नरहेको सन्देश सभापति देउवालाई सुनाएका छन् ।
वाग्लेसँग सभापति देउवाले भेट्न मानेका थिएनन् । वाग्लेले कांग्रेस नेता डा.नारायण खड्कामार्फत भेट गरेका हुन् । रास्वपाका सभापति रवि लामिछानेकाे सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा तथा रुपन्देही जेलबाट काठमाडौंकाे डिल्लीबजार कारागारमा सरुवाका लागि वाग्लेले देउवासँग आग्रह गरेकाे चर्चा छ ।
रास्वपाले राजनीतिक पूर्वाग्रही भएर सहसचिव तीर्थराज भट्टराईको कमजोरीमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर संसदमा अबरोध र प्रदर्शन गर्दै आएका बेला रास्वपाका उपसभापति वाग्लेले कांग्रेस सभापति देउवालाई भेट गरेका छन् ।
रास्वपामा नेतृत्वमा समस्या देखिएकाे छ । कार्यवाहक सभापति डाेलप्रसाद अर्याल छन् । आन्तरिक रुपमा अर्याल र वाग्लेबीच निकै तनवकाे अवस्था छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया