प्रधानमन्त्री ओलीद्वारा सभापति देउवासहितका नेताहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहित नेपाली कांग्रेस र एमालेका नेताहरूको बैठक बसेको छ ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको कांग्रेस र एमालेका नेताहरूको बैठकमा निजामती विधेयक र दुई वर्ष कुलिङ पिरियडका विषमया छलफल भएको बुझिएको छ । निजामती कर्मचारीहरूको विधेयकमा रहेको कुलिङ पिरियड हटाउन सचिवहरूले ठूलो दवाव दिइरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गरेका छन् ।
दुई दलबीच संसदको गतिरोध अन्त्य गर्ने, पारित हुने क्रममा रहेका विधेयकहरूलाई टुंगोमा पु¥याउने लगायत विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का लगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया