चीनबाट फर्किएपछि पूर्वराष्ट्रपति भण्डारीले भेटिन् प्रधानमन्त्री ओली
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ओली र भण्डारीबीच भेट भएको उच्च स्रोतले जनाएकोछ । पूर्वराष्ट्रपति भण्डारीले अघोषित रुपमा एमालेभित्र गुट सञ्चालन गरेको भनेर आरोप लागेका बेला ओलीसँग भेट भएको छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने संकेत गरिसकेकी छिन् । भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको राज्यको सेवा सुविधा परित्याग नगरेर एमालेमा राजनीतिमा फर्किन लागेपछि आलोचना पनि भएको छ ।
दुई कार्यकाल राष्ट्रपति बनेकी एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले केही समयअघि चीन भ्रमण गरेर फर्किइन् । चीन भ्रमणबाट फर्किएपछि कोशी प्रदेशका विभिन्न जिल्ला पुगेर सार्वजनिक कार्यक्रमहरूका सहभागी भइन् ।
त्यसअघि पनि भण्डारीले गण्डकी, लुम्बिनी, कोशी प्रदेश पुगेर राजनीतिक गतिविधिमा सरिक भएकी थिइन् ।
चीन भ्रमणका क्रममा नेपालका कम्युनिस्टहरूबीच एकता, पछिल्ला राजनीतिक घटनाक्रम र सरकार सञ्चालन लगायत विषयमा छलफल भएको चर्चा भएका थिए ।
चीनले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक बनाएर लैजान भण्डारीलाई सुझाव र दवाव दिएको नेपालमा चर्चा भइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया