भूमिगत बसेर ब्याक डेटमा अनलाइन दर्ता गर्न दबाब दिँदै दिलभूषण
काठमाडौं । दर्ता नै नगरी युट्युब च्यानलमार्फत् भिडियो प्रसारण गरी व्यक्तिगत गालीगलौज गर्दै अफवाह फैलाउँदै आएका पत्रकार दिलभूषण पाठकले ब्याक डेटमा अनलाइन दर्ताका लागि सूचना विभाग र प्रेस काउन्सिललाई दबाब दिएको खुलेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीरका विरुद्धमा आधारहीन तथा अनर्गल प्रचार गरिरहेका उनीमाथि साइबर कानुनमा कारबाही अघि बढेपछि उनले ब्याक डेटमा अनलाइन दर्ता गराउन लागेका हुन् ।
उनले आफ्ना सहयोगी नारायण अर्याललाई सम्पादक र श्रीमती शिखा प्रसाईंलाई प्रकाशकमा राखेर आफ्नो कम्पनी इन्टरफेस नेपालमार्फत अनलाइन दर्ता गराउन लागेका हुन् ।
उनले जयवीरका विरुद्धमा प्रचारप्रसार गरिरहेको टफ टक नामक कार्यक्रम कतै दर्ता नै नभएकाले प्रेस काउन्सलले पत्रकारिताको कन्टेन्टका रुपमा कारबाही गर्न निमल्ने भनेपछि प्रहरीले साइबर कानुन अनुसार कारबाही सुरु गरेको हो ।
त्यसपछि सो कानुनी कारबाहीबाट बच्नका लागि उनले हातहातमा डटकम नामक अनलाइन पहिलेकै मितिमा सूचना विभाग र प्रेस काउन्सिलमा सूचीकरणका लागि दबाब दिएका त्यहाँका कर्मचारीले जनाएका छन् ।
उनका अनुसार उनको सो कम्पनी एड एजेन्सी रहेको र एड एजेन्सी आफैले मिडिया चलाउन नपाइने प्रावधान पनि रहेको छ । यस विषयमा पनि उनले कर्मचारीलाई दबाब दिएको बुझिएको छ ।
यता अदालतले नै पक्राउ पूर्जी जारी गरेपछि बेपत्ता जस्तै भएका उनले भित्रभित्रै ब्याक डेटमा अनलाइन मिडिया सुचीकरण गराउन लागेको बुझिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया