सभामुख घिमिरेद्वारा तीन ठूला दलका प्रमुख सचेतकहरूसँग छलफल
काठमाडौं । संसदकाे गतिरोध अन्त्यका विषयमा सभामुख देवराज घिमिरेले ठूला तीन दलका प्रमुख सचेतकसित छलफल गरेका छन् ।
आइतबार सिंहदरबारमा घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।
सभामुख घिमिरेले राजनीतिक दलबीच सहमतिका निम्ति पटक–पटक संसद् बैठक स्थगन गरिए पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको बताए ।
बर्तौला र घिमिरेले विपक्षी दलको मागानुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्ने विषयमा सहमत हुन नसकिने अडान दोहोर्याएका सभामुखको सचिवालयले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया