सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौं । संसदकाे गतिरोध अन्त्यका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिबार साँझ बुढानिलकण्ठस्थित निवासमा देउवा र दाहालबीच छलफल भएको हाे । भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।
सभापति देउवाले संसदकाे गतिरोध अन्त्यका लागि अध्यक्ष दाहालसंग आग्रह गरेका छन् । दाहालले देउवाको प्रस्तावमा सकारात्मक जवाफ दिएको बुझिएको छ ।
Published : Sunday, 2025 June 8, 12:36 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया