रामपुर प्रहरीका ईन्स्पेक्टर नेपालीद्वारा द फेमस महेन्द्र दल गणका सेनानी चौधरीलाई स्वागत
काठमाडौं । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाका प्रहरी प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले नेपाली सेनाको द फेमस महेन्द्र दल गण, रामपुर, पाल्पाका प्रमुख गुल्मपति सेनानी साटुराम चौधरीलाई स्वागत गरेका छन् ।
चैत २० गते इलाका प्रहरी कार्यालय रामपुरमा आएका सेनानी चौधरीलाई ईन्स्पेक्टर नेपालीले स्वागत गरेका हुन् । सो क्रममा रामपुर क्षेत्रको शान्ति सुरक्षा र बस्तुस्थितिका विषयमा छलफल भएको थियो ।
सेनानी चौधरी र ईन्स्पेक्टर नेपाली तथा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी कर्मचारीहरूबीच परिचयात्मक कार्यक्रम समेत भएको छ ।
सेनानी चौधरी द फेमस महेन्द्र दल गण, रापुरमा हालै सरुवा भएर नेतृत्व सम्हाल्न आएका छन् । संयोग नै मान्नुपर्छ ईन्स्पेक्टर नेपाली र सेनानी चौधरी दाङ जिल्ला निवासी हुन् ।


बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया