नेपाल महिला संघ बाग्लुङको अध्यक्षमा सीतादेवी सापकोटा मनोनयन
काठमाडौं । नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले सीतादेवी सापकोटा कँडेललाई नेपाल महिला संघ बाग्लुङको अध्यक्ष पदमा मनोनयन गरेकी छिन् ।
अध्यक्ष रावतले सापकोटालाई बाग्लुङ महिला संघको अध्यक्ष पदमा मनोनयन गरिएको पत्र शुक्रबार दिएकी छिन् । बाग्लुङ अध्यक्षमा मनोनयन भएकी सापकोटालाई अध्यक्ष रावतले कार्यकालको सफलताको शुभकामना दिएकी छिन् ।
अध्यक्ष रावतले पत्रमा भनेकी छिन्, ‘नेपाल महिला संघको बाग्लुङ जिल्ला तदर्थ कार्यसमितिको रिक्त अध्यक्ष पदमा तपाईलाई मनोनयन गरेको छु । देशभरिका लोकतन्त्रवादी महिलाहरूको एकमात्र साझा संस्था नेपाल महिला संघलाई थप सुदृढ एवम् गतिशील बनाउनमा तपाईको नेतृत्वदायी भूमिका रहनेछ भन्ने विश्वासका साथ कार्य सफलताको कामना गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया