एमाले लुम्बिनीमा पूर्वराष्ट्रपति भण्डारीले हातहालिन्, अर्थमन्त्रीका नेताहरूद्वारा भेट
काठमाडौं । पूर्वराष्ट्रपति समेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा केन्द्रित बनाउन लागेकी छिन् ।
बिहीबार रुपन्देहीमा आएकी भण्डारीले एमालेका नेताहरूसँग भेटघाट गरेकी छिन् । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एमालेका नेता कार्यकर्ताले स्वागत गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरूबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहने बताइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सचिव पद्मा अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट पूर्वसञ्चारमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गङ्गा शाहीलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा पूर्वराष्ट्रपति भण्डारीले एमालेका नेता तथा कार्यकर्ता र सांसदलगायतसँग भेटघाट गरेकी छिन् ।
भण्डारीलाई एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत पुगेका थिए ।
लुम्बिनी प्रदेशमा एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच निकै ठूलो द्वन्द्व छ । महासचिव पोखरेलसँग द्वन्द्व रहेका बेला अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेल निकटका नेताहरूले पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाटहरू गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया