कुलमानले गोप्य सूचना माओवादी कार्यालयमा दिनुभयो, सरकारलाई असहयोग भयो : तरुण अध्यक्ष गुरुङ
बारा । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गोप्य सूचनाहरू माओवादीको कार्यालयमा पुर्याएर सरकारलाई काम गर्न असहयोग गरेपछि कुलमान घिसिङलाई बर्खास्त गर्नुपर्नेको बताएका छन् ।
बुधबार नेपाल तरुण दल बाराले कलैयामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले कुलमान घिसिङले आफ्नो कार्यकालमा राम्रो काम गरे पनि पछिल्लो समयमा वर्तमान सरकारलाई असहयोग गरिरहेको बताए । त्यसको परिणाम कुलमानलाई बर्तास्त गर्नुपरेको उनले बताएका छन् ।
उनले भने, ‘कुलमान घिसिङको विषयमा सरकारले बर्खास्त गरेको छ । चर्चाको विषय छ । कुमालन घिसिङ राम्रो मान्छे हो । उहाँले आफ्नो कार्यकालमा राम्रो गर्नुभयो ।’
‘लोडसेडिङमुक्त गर्ने कुरामा उहाँको महत्वपूर्ण भूमिका छ । जनताले स्वीकार गरेको छ । सरकारहरूले पनि सम्मान दिएकै छ’, अध्यक्ष गुरुङले भने ।
‘राज्य सञ्चालन गर्ने क्रममा अहिले जुन सरकार बनेको छ । नेपालको अवस्था । अराजक अवस्था, आर्थिकमन्दी भएको अवस्थामा सरकार बनेको छ’, उनले भने, ‘सरकारले फास्टट्रयाकमा काम गर्न खोजेको छ । मुलुकलाई निकास दिन खोजेको छ ।’
तरुण अध्यक्ष गुरुङले भने, ‘कुनै पनि कर्मचारी राज्यको मातहतमा हुनुपर्छ । कहिले काहिँ राम्रो मान्छेहरू पनि सफल व्यक्तिहरू पनि अहँता आउँछ ।’
‘कहिले काहिँ तानाशाह बन्न खोज्दछ । जसले राज्यलाई टेर्न छाड्छ । राज्यका धेरै फाइलहरू रोकिएका छन् । जसको कारणले राज्यले बाध्य भएर हिजो निर्णय गरेको छ’, उनले भने ।
अध्यक्ष गुरुङले भने, ‘नेपालमा धेरै बिद्युत् निकाल्न चाहन्छौँ । धेरै काम हुन सकेको छैन । त्यसैले सरकारले बर्खास्थ गर्नुपर्ने काम गरेको छ ।’
अध्यक्ष गुरुङले कुलमान घिसिङले गरेका धेरै गलत कार्यहरूको जानकारी आम जनतालाई थाहा नभएको बताए ।
गुरुङले भने, ‘उहाँले आफ्नो कार्यकालमा राम्रो गर्नुभयो । केही घटनाहरू आम नागरिकलाई थाहा नहुन सक्छ । तलसम्म थाहा नहुन सक्छ । पछिल्लो केही महिना यता सरकारले गरेको हरेक निर्णयलाई कुलमान घिसिङले माओवादी कार्यालयमा, माओवादीका नेताहरूलाई हाम्रो सरकारका गोप्य सूचनाहरू दिने, उहाँले कुनै पनि निर्णय गर्दा माओवादी नेताहरूलाई दिने गर्नुभयो ।’
‘कुलमान घिसिङले गलत कार्यहरू गरेको हुँदा बर्खास्त गर्न बाँध्य भएको छ’, तरुण अध्यक्ष गुरुङले भनेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, कांग्रेसकी केन्द्रीय सदस्यद्वय सरिता प्रसाईं र नारायणी रायमाझी, नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव, नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरे, नेपाल तरुण दल बाराका जिल्ला अध्यक्ष दीपेन्द्र पटेल, बारा कांग्रेसको क्षेत्र नं. २ सभापति रामप्रवेश यादव, नेपाल तरुण दल बाराका पूर्वअध्यक्ष लोकेश सिंह लगायतको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया