जर्गाहमा आईजीपी थापा, कमाण्डो तालिम पूरा गर्नेलाई प्रशंसा पत्र र पुरस्कार प्रदान
नवलपरासी । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा सहभागी भएका छन् ।
मंगलबार जर्गाहस्थित महाविद्यालयमा सम्पन्न समारोहमा थापाले तालिममा सहभागी प्रशिक्षार्थीमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गरेका छन् । उनले प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पु¥याउने व्यक्तिहरूलाई पनि प्रशंसा पत्र प्रदान गरेका छन् ।
आईजीपी थापालाई लुम्बिनी प्रदेश प्रहरीका प्रमुख (डीआईजी) दानबहादुर कार्कीले स्वागत गरेका थिए । डीआईजी कार्कीले आईजीपी थापालाई लुम्बिनीको बस्तुस्थितिका विषयमा पनि जानकारी गराएका छन् ।

आईजीपी थापाले प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने कमाण्डो तालिम पूरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको बताएका छन् ।
तालिमले प्रहरी कारवाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतिपूर्ण गतिविधिहरूमा आवश्यक पर्ने विशेष रणनीति, ज्ञान, सीप तथा कलाहरूको सापेक्ष प्रयोग गरी कार्यसम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको थापाले बताएका छन् ।
आईजीपी थापाले शारीरिक र मानसिक तन्दरूस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक र साहसको पनि धेरै आवश्यक पर्ने कमाण्डो तालिमबाट आर्जन गरेको प्रहरी कार्यका ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गरेका छन् । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेशबहादुर बरालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । ९० कार्यदिन अवधिको तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी जम्मा १ सय ५ जना प्रशिक्षार्थी सहभागिता रहेको थियो ।
समारोहमा प्रशिक्षार्थीले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिलअन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका छन् ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया