ललितकला क्याम्पसमा नेविसंघबाट विनयबहादुर रिमालको प्यानल प्रतिस्पर्धामा
काठमाडौं । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौंमा सभापतिमा विनयबहादुर रिमालको प्यानल प्रतिस्पर्धामा उत्रिएको छ ।
नेविसंघले विनयबहादुर रिमालको प्यानललाई आधिकारिक भन्दै मतदान गर्न अपील गरेको छ । चैत ५ गते स्ववियु निर्वाचन हुन लागेको छ ।
सचिवमा सरोज लामिछान, कोषाध्यक्षमा प्रकृति राजवंशीले मनोनयन दर्ता गराएका छन् । प्रत्यक्षतर्फ खुला सदस्यहरूमा अयुब खालिङ राई, सन्ध्या मगर, सचिन भट्टराई, राजन थामी र विनय भण्डारीले प्रतिस्पर्धा गर्न लागेका छन् ।
सदस्यमा समानुपातिक तर्फका उम्मेदवारहरूमा निशु शर्मा, प्रशान्त सुन्दास, सोमकुमार निरौला, आश्मा राई र सजना पाण्डे रहेको नेविसंघले जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया