परराष्ट्रमन्त्री डा.देउवाद्वारा कतारसंग विपिनको रिहाइमा सहयोग गर्न आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले भेट गरेका छन् ।
आइतबार ओमनको मस्कटमा डा.राणा र सुल्तानबीच नेपाल–कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको निजी सचिवालयले जनाएको छ ।
कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा पनि डा.राणा र सुल्तानबीच कुराकानी भएको छ ।
परराष्ट्रमन्त्री डा.देउवाले इजरायलबाट हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन सल्तानसँग आग्रह गरेकी छिन् । डा.देउवाले इजरायल सरकार र हमासबीचमा मध्यस्थता गरी युद्धविराम तथा शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छिन् ।
विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । परराष्ट्रमन्त्री डा.देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्च र बैठकहरूमार्फत विपिन जोशीको रिहाइका लागि आग्रह गर्दै आएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणा आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया