कांग्रेस नेता बस्नेतद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता बस्नेतले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफूलाई महामन्त्रीमा सहयोग गर्न देशभरिका महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूसँग अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औं महाधिवेशन हुन लागेको छ । अधिवेशनको समय नजिक आएका बेला नेता बस्नेतले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

Published : Saturday, 2026 November 28, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया