देउवालाई १५औं महाधिवेशनको उद्घाटनको अध्यक्षता गर्न दिए एकताका लागि तयार छौं : सभापति बलायर
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू एकताका लागि तयार रहेको बताएका छन् ।
सोमबार डोटीमा आयोजित पत्रकार सम्मेलनमा बलायरले १६ असोजदेखि शुरु हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर १७ गते विदा गरिदिए देउवा पक्ष एकताका लागि तयार रहेको बताएका हुन् । ‘अझै पनि गगन थापा समूहले १६ गतेको उद्घाटनको अध्यक्षता शेरबहादुर देउवालाई गराएर १७ गते बिदा गरिदियो भने पनि त्यसका लागि तयार छौं हामी,’ बलायरले भने ।
तल्लो तहका अधिवेशनहरू भइरहेका र आफूहरूको अधिवेशन शुरु हुन लागेकाले दुवै महाधिवेशनबाट आएका प्रतिनिधिहरूलाई समायोजन गरेर अझै पनि एकता गर्न सकिने उनले बताए ।
‘यदि, पार्टीलाई मिलाउने हो भने दुवैतिरका महाधिवेशन प्रतिनिधिहरूलाई एकै ठाउँमा हालेर पनि तिथिमिति सार्न सक्नुप¥यो,’ सभापति बलायरले भने ।
शेरबहादुर देउवाले फागुन २१ को निर्वाचनमा तथाकथित विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापाको दस्तखत भएको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा अर्थपूर्ण रहेको बलायरले बताए । ‘शेरबहादुर देउवाले गगन थापाको दस्तखतको टिकट माग्दा पनि नपाउनु राजनीतिक रूपमा के हो ?,’ उनले प्रश्न गर्दै भने, ‘यी कुराहरू पत्रकारहरूले पनि बुझ्नुप¥यो ।’
तथाकथित विशेष महाधिवेशनबाट स्थापित भएको नेतृत्वले शेरबहादुर देउवाको चाहना पूरा गरिदिएको भए उचित हुने उनले बताए । ‘विशेषलाई अस्वीकार गर्दागर्दै पनि विशेषबाट स्थापित भएको सभापतिको हातबाट म टिकट लिएर डडेल्धुरामा लड्छु भन्ने उहाँको इच्छा थियो,’ सभापति बलायरले भने, ‘उहाँको अन्तिम इच्छा पूरा गरिदिएको भए हुन्थ्यो नि ।’
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया