अख्तियारले अबदेखि भ्रष्टाचारका अभियुक्तसँग पोलिग्राफ जाँच गर्न पाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा शङ्कित व्यक्तिको पोलिग्राफ जाँच गर्ने अधिकार पाएको छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ संशोधन गरी आयोगलाई यस्तो अधिकार दिएको हो ।

बिहीबार राजपत्रमा प्रकाशित नियमावलीमा भनिएको छ, ‘भ्रष्टाचार सम्बन्धि शङ्कित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न आवश्यक भएमा उपनियम १ बमोजिमको फरेन्सिक इकाई वा प्रयोगशालामा परीक्षण गरिनेछ ।’

बयानमा झुटो बोले–नबोलेको पत्ता लगाउन पोलिग्राफ परीक्षण गरिन्छ । आयोगले यसअघि पनि यस्तो परीक्षण गरेपनि नियमावलीमा यो विषय नहुँदा प्रमाणका लागि गाह्य हुने गरेको थिएन ।

अब भने पोलिग्राफ परीक्षण पनि प्रमाण बन्नेछ । अनुसन्धानको क्रममा संकलित नमूना, कागजात तथा डिजिटल सबुत पनि प्रयोगशलामा परीक्षण गर्ने व्यवस्था नियमावली संशोधनबाट गरिएको छ ।

Published : Friday, 2026 September 25, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया