कपिलवस्तुका सीडीओ गौतमले दिए राजीनामा, स्वीकृत हुन बाँकी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी(सीडीओ) जनार्दन गौतमले राजीनामा दिएका छन् ।

गौतमले असोज १४ गतेदेखि लागू हुने गरी गृह मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

गृह मन्त्रालयले राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । सहसचिव गौतमको केही महिना मात्र जागिरको समय बाँकी रहेका बेला राजीनामा दिएका हुन् ।

निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकको त्रासले यो वर्ष धेरै कर्मचारीले राजीनामा दिएर स्वैच्छिक अवकाश रोजेका छन् ।

Published : Friday, 2026 September 25, 6:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया