एमाले अध्यक्ष ओलीद्वारा डा.अन्सारीसहितका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी सदस्यहरू मनोनीत गरेका छन् ।
बिहीबार अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरू मनोनीत गरेका हुन् । सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको विषय जानकारी गराइएको छ ।
काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला केन्द्रीय सदस्य भएका हुन् ।
मोहम्मद इस्तियाक राई, प्रदीप यादव, डा.अबुल हुसैन अंसारी, डिडी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट केन्द्रीय सदस्य मनोनीत भएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया