प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान, डा.वाग्लेलाई कार्यबाहकको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै प्रधानमन्त्री शाह अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
शाहलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेछन् ।
प्रधानमन्त्री शाह दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्यूयोर्कतर्फ प्रस्थान गर्नेछन् । उनलाई न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन् । सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्ने छन् । नियोगमा प्रधानमन्त्री शाहलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नेछन् ।
त्यसलगत्तै प्रधानमन्त्री शाहको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुने कार्यक्रम रहेको प्रधानमन्त्री शाहको निजी सचिवालयले जनाएको छ ।
असोज ८ गते (२४ सेप्टेम्बर) प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री शाह असोज ९ गते (२५ सेप्टेम्बर) न्यूयोर्कबाट दोहा प्रस्थान हुर्नेछन् । प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री यही असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ ।
यसैबीच, प्रधानमन्त्री शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन् ।
शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
प्रधानमन्त्री शाहको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री डा.वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया