युवा नेता तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको जिम्मेवारी, देउवा पक्ष अधिवेशनको भव्य तयारी
काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले लालकाजी तामाङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोक संयोजकको जिम्मेवारी दिएका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको तामाङलाई नेपाली कांग्रेस सिन्धुपाल्चोकको संयोजक बनाउन संयोजक प्रा.डा.कोइरालासमक्ष प्रस्ताव गरेका थिए । प्रा.डा.कोइरालाले तामाङलाई सिन्धुपाल्चोक कांग्रेसको जिम्मेवारी दिएर संयोजक बनाइएको छ ।
शेरबहादुर देउवा पक्षीय अधिवेशनलाई सिन्धुपाल्चोकमा सफल बनाउने दायित्व र जिम्मेवारी संयोजक तामाङले पाएका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा युवा नेतृत्वलाई अगाडि बढाउँदै अवसर, जिम्मेवारी र विश्वास प्रदान गरेका छन् । बस्नेतले तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया