बाग्लुङमा पनि गगन समूहलाई झट्का, अधिकांश वडामा संख्या पुगेन, सहमतिका लागि ढोरपाटनमा बहिस्कार
बाग्लुङ । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला तथाकथित विशेष महाधिवेशनबाट पार्टीलाई हाइज्याक गरेका गगन थापाद्वारा गरिएको अधिवेशनलाई बाग्लुङका धेरै वडाहरूमा गणपूरक संख्या नपुगेर बिथोलिएका छन् ।
शनिबार ढोरपाटन नगरपालिकाको वडा नं. ३, ७ र ८ मा भएको गगन समूहको वडा अधिवेशनलाई स्थानीय नेता तथा क्रियाशील सदस्यहरूले बहिष्कार गरेका छन् । ढोरपाटन नगरपालिकाका ठूलो संख्याका क्रियाशील सदस्यहरूले सहमतिको आधारमा अधिवेशन गर्न माग गरेर गगन समूहको वडा अधिवेशन बहिष्कार गरेका हुन् ।
नेपाली कांग्रेस ढोरपाटनका नगरपालिकाका सभापति धनबहादुर कायत (कल्याण)ले पार्टीभित्र बृहत एकताका लागि दवाव दिन ३ वटा वडाका स्थानीय नेता तथा क्रियाशील सदस्यहरूले बहिस्कार गरेको बताए । उनले पार्टीको आधिकारिकताको टुंगो नलाग्दासम्म कुनै पनि पक्षले अधिवेशन गर्न नहुने धारणा क्रियाशील सदस्यहरूको रहेको बताए ।
यसैबीच, बाग्लुङ जिल्लाका अधिकांश वडाहरूमा क्रियाशील सदस्यहरूको गणपूरक संख्या पुगेको छैन । नेपाली कांग्रेस बाग्लुङका सभापति जीतबहादुर शेरचनले धेरै वडाहरूमा गणपूरक संख्या नपुगेपछि सर्वसहमतिको आधारमा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति बनाएको भन्ने सुनेको बताए ।
वडा अधिवेशनमा ढोरपाटन नगरका जनप्रतिनिधिहरू समेत सहभागी भएका छैनन् । उनीहरूले पनि कांग्रेसमा बृहत एकताका लागि आफूहरू सहभागी नभएको जनाएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया