चीनबाट प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

शनिबार प्रधान सेनापति सिग्देल स्वदेश फर्किएको नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग के.सी.ले स्वागत गरेका हुन् ।

प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गरेका थिए । उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय लगायत चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था एवम् एकाइहरूको निरीक्षण भ्रमण गरेका थिए ।

चीनमा रहँदा सिग्देलले बेइजिङमा आयोजित कार्यक्रमहरूमा समेत सहभागिता जनाएका थिए ।

‘यस किसिमको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण द्वीपक्षीय एवम् सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Published : Saturday, 2026 September 19, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया