लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामन : कांग्रेस नेता कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् कोशी प्रदेशका प्रदेश सभा सदस्य (सांसद) केदार कार्कीले नेपाली कांग्रेसका हाइज्याकर गगन थापालाई क्रियाशील सदस्यता छानबिनमा तत्कालीन सह–महामन्त्री महेन्द्र यादवले दिएको अभिव्यक्ति स्मरण गराइदिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् पूर्वमुख्यमन्त्री समेत रहेका कांग्रेस नेता कार्कीले गगनलाई महेन्द्र यादवको अभिव्यक्ति स्मरण छ कि छैन ? भनेर प्रश्न गरेका छन् । उनले लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामन पनि दिएका छन् ।
कार्कीले भने, ‘लास र दास बोकेको बसलाई आधिबेशनको शुभकामना । तत्कालीन सह–महामन्त्री महेन्द्र यादवले क्रियाशील छानबिन गर्न ३ महिना लाग्छ भनेर नियमित अधिवेशन रोकेको होइन ?’
‘अहिले क्रियाशील छानबिन भएछ त ?,’ गगनलाई प्रश्न गर्दै नेता कार्कीले भने, ‘जसो–जसो उर्दी ग¥यो उसै–उसै ताली बजाउने दासबाट भएको अधिबेशनले संगठित पार्टी बन्दैन । पाटी मात्र बन्छ ।’
नेपाली कांग्रेसको तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का रहेका बेला क्रियाशील सदस्यता छानबिनका विषयमा महेन्द्र यादवले क्रियाशील सदस्यता छानबिनको विवाद समाधान गर्न कम्तिमा ३ महिना लाग्ने बताएका थिए ।
गगनले अहिले उनै महेन्द्र यादवलाई आफ्नो कार्यसमितिमा मनोनयन गरेर राखेका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया