भारत, चीन, अमेरिकासहित १३ देशमा राजदूत प्रस्ताव, पूर्व प्रधान सेनापति पनि प्रस्तावित
काठमाडौं । झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्रत पार्टीको सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरू प्रस्ताव गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरू नियुक्तिका लागि प्रस्ताव गरेको हो । संसदीय सुनुवाइपछि राजदूतहरू सिफारिस हुनेछन् ।
सुनुवाइपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशसँग एग्रिमो माग गर्नेछ । एग्रिमो आएन भने राजदूत पठाउन समस्या हुनेछ ।
सरकारले डा. निश्चलनाथ पाण्डेलाई भारतका लागि प्रस्तावित राजदूत, डा. कल्याणराज शर्मालाई चीनका लागि प्रस्तावित राजदूत, चिरनजंग थापालाई संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत, पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत, जिग्यानकुमार थापालाई जापानका लागि प्रस्तावित राजदूत, सुरेशकुमार कर्णलाई इजरायलका लागि प्रस्तावित राजदूतमा सिफारिस गरेको छ ।
प्राप्ति शेरचनलाई स्पेनका लागि प्रस्तावित राजदूत, शरू जोशीलाई जर्मनीका लागि प्रस्तावित राजदूत, डा. पद्माक्षी राणालाई ओमानका लागि प्रस्तावित राजदूत, चूडामणि खरेललाई मलेसियाका लागि प्रस्तावित राजदूत, प्रा. डा. सङ्गम श्रेष्ठलाई दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत, डा. मंचला झालाई श्रीलंकाका लागि प्रस्तावित राजदूत र गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमा सरकारले निर्णय गरेको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया