अतिवादी धम्की दिने व्यक्तिलाई कारबाही गर्न गृहमन्त्री र प्रधानमन्त्री कार्यालयलाई भनेको छु : रास्वपा महामन्त्री आचार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् महामन्त्री विपिनकुमार आचार्यले फरक विचार राखेकै कारण सांसदहरूलाई लक्षित गरी हिंसात्मक धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आचार्यले सभामुखसमक्ष संसद्ले तथ्यमा आधारित भएर बोल्ने प्रत्येक सांसदलाई निर्भिक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्ने माग गरेका छन् ।
‘बोल्न नडराउनु, हामी तिमीसँगै छौँ’ भन्ने सन्देश संसद्ले आफ्ना सांसदहरूलाई दिनुपर्ने महामन्त्री आचार्यले माग गरेका छन् ।
सांसद आचार्यले सिंहदरबारको गेटअगाडि सांसदहरूलाई लतार्ने, घिसार्ने, घर जलाउने तथा रक्तपात मच्चाउनेजस्ता धम्की सार्वजनिक रूपमा आउनु गम्भीर विषय भएको बताए ।
अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक सहिष्णुताको महत्वपूर्ण आधार भएको उनले बताएका छन् । फरक मत राख्ने अधिकारको सम्मान गर्नुपर्ने सांसद आचार्यले बताएका छन् ।
नेपालको संविधानले समेत अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको सांसद आचार्यले बताए ।
यस्ता अतिवादी धम्की दिने व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन आफूले गृहमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सांसद एवम् महामन्त्री आचार्यले आग्रह गरिसकेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक अग्निशिखा धितालसहितले सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई लिएर केही अराजक समूहले निच शब्दावली प्रयोग गरेर गालीगलौजमा उत्रिएका छन् । त्यसको प्रतिवादमा सांसद एवम् महामन्त्री आचार्यले संसदमा जबरजस्त कुरा उठाएका छन् ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया