चीनका रक्षामन्त्री जुनसँग प्रधान सेनापति सिग्देलद्वारा भेट, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण
काठमाडौं । चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले भेटवार्ता गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका भएका सिग्देलले बुधबार बेइजिङमा चिनियाँ रक्षामन्त्री जुनसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताको क्रममा आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जनाएको छ ।
प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गरेका छन् । सिग्देलले बेइजिङमा आयोजना भएको १३औँ बेइजिङ सियाङ फोरमको उद्घाटन सत्रमा समेत सरिक भएका छन् ।
Published : Thursday, 2026 September 17, 4:52 pm
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया