भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा सांसद डा.रेग्मीमार्फत् प्रधानमन्त्री कोषमा १ करोड ३१ लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रूपियाँ सहयोग गरेको छ ।

बुधबार काठमाडौंमा कार्यक्रम गरेर भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीमार्फत् सहायता रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।

भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडअन्तर्गत देशभरका विभिन्न संस्थाले संकलन गरेको ९७ लाख १८ हजार २ सय ४९ रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

बाँकी ३४ लाख २३ हजार ५ सय ४२ रूपियाँ कार्यक्रमका प्रमुख अतिथि रास्वपाका सांसद डा.रेग्मीमार्फत प्रधानमन्त्री राहतकोषमा जम्मा गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

कार्यक्रममा विभिन्न गोर्खा पल्टन वा पल्टनको तर्फबाट वा व्यक्तिगत रूपमा धेरै रकम सहयोग गर्ने पूर्वसैनिकहरूलाई सांसद डा.रेग्मीले सम्मान गरेका छन् ।

Published : Wednesday, 2026 September 16, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया