दाई र दिदीहरू ! शेरबहादुर, शेखर, शशांकको त हुन सक्नु भएन, गगन दाईलाई धोका नदिनु होला : सह-महामन्त्री गिरी
काठमाडौं । नेपाल सांस्कृतिक महासंघका सह–महामन्त्री अर्जुन गिरीले नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको अधिवेशनका कार्यक्रमहरूमा सहभागी नहुन आग्रह गरेका छन् ।
बुधबार सह–महामन्त्री गिरीले कांग्रेसको आधिकारिकता टुंगो नलाग्नसम्म अधिवेशनका कार्यक्रम नगर्न सबै पक्षलाई आग्रह गरेका छन् । शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतबाट पुनरावलोकनका मुद्दामा निस्सा पाइसकेको अवस्थामा गगन थापा समूहले अधिवेशनका कार्यक्रम सार्वजनिक गरेको भन्दै आलोचना गरेका छन् ।
सह–महामन्त्री गिरीले भने, ‘कांग्रेस फुटेको छैन । चार तारा र रुख चिन्ह कतै गएको छैन । पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा बिचाराधीन छ । अलादतबाट अन्तिम फैसला नआउँदासम्म अधिवेशनमा सहभागी हुनु हुँदैन ।’
शेरबहादुर देउवा पक्षबाट केही नेताहरू तथाकथित महाधिवेशनलाई मान्यता दिएर गगन थापाको पक्षमा लागेकाहरूलाई सह–महामन्त्री गिरीले शुभकामना दिएका छन् । ‘दाई र दिदीहरूलाई शुभकामना छ । तपाईहरूले सधैँ शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रा.डा.शशांक कोइरालाको वरीपरी घुमेर सबैभन्दा धेरै अवसर लिनुभयो । अहिले तपाईहरूको आवश्यक्ता परेको बेला छाडेर हिँड्नुभयो,’ गिरीले भने, ‘जानुनै थियो भने शुरुमै जानुपर्ने थियो । अधिवेशन शुरु हुनुहुनुभन्दा २ दिन अगाडि जानुभयो । तपाईहरूलाई राजनीतिक रुपमा विश्वास कसैले गर्दैन ।’
सह–महामन्त्री गिरीले भने, ‘शेरबहादुर, शेखर, शशांकको हुन नसकेका तपाई दाई र दिदीहरू गगन थापाको पनि हुन सक्नु हुन्न । सर्वोच्च अदालतले शेरबहादुर देउवा पक्षलाई आधिकारिकता दियो भने सबैभन्दा पहिला गगन थापालाई सानेपामा छाडेर तपाईहरू चुनदेवीमा आउनु हुनेछ । त्यो बेला हामीले तपाईहरूलाई स्वागत गरौँला ।’
नेपाली कांग्रेसका युवा नेता समेत रहेका सह–महामन्त्री गिरीले चुनदेवीमा सबैभन्दा ठूलो स्वरमा बोल्ने नेताहरू गगन थापातिर लागेको भन्दा पनि उनीहरू नेता तथा कार्यकर्ताहरूलाई गुमराहमा राखेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘राजनीतिमा फेरि संघर्ष गरौँला । तपाईहरूले देखाउनु भएको पद लोलुपताले हामीलाई चित्त दुखाएको छ ।’
शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रा.डा.शशांक कोइराला निकट नेताहरू महालक्ष्मी उपाध्याय ‘डीना’, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने, सुरेन्द्र पाण्डे, नैनसिंह महर, सीता गुरुङ, श्याम घिमिरे, शान्ति परियार बि.क., गणेश लामा, रमा कोइराला पौडेल, सुशीला थिङ्ग, उमेशजंग रायमाझी, गोविन्द भट्टराई, राधा घले, मानबहादुर नेपाली, सरस्वती बजिमय, सीताकुमारी राना, जीवनबहादुर शाही लगायतले टिम छाडेर गगन थापातिर लागेका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया