प्रधानमन्त्री कार्यालयद्वारा दाङकी टीका डाँगीलाई संघीय समन्वय समितिको सदस्यमा मनोनयन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा टीका डाँगीलाई मनोनयन गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ ढिकपुर निवासी डाँगीलाई प्रतिनिधि सदस्य तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्रमा उल्लेख छ । डाँगी नेपाल मानव अधिकार संगठनको कोषाध्यक्ष हुन् ।
मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्यायोजनामा उल्लिखित क्रियालापको कार्यान्वयनको सुनिश्चितताका लागि कार्ययोजनामा रहेको प्राबधान बमोजिम अधिकारकर्मी डाँगीलाई भदौ २६ गतेको निर्णयानुसार संघीय समन्वय समितिको प्रतिनिधि सदस्य तोकिएको पत्रमा उल्लेख छ ।
संघीय समन्वय समितिको संरचनामा नेपाल सरकारका मुख्य सचिव संयोजक रहने व्यवस्था छ । सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवहरू, नेपाल सरकारका सम्बन्धित मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सचिव, महान्यायाधिवक्ताको कार्यालयका नायव महान्याधिवक्ता, राष्ट्रिय मानव अधिकार आयोगका सचिव, नेपाली सेनाका रथि, नेपाल प्रहरीका आईजीपी, सशस्त्र प्रहरी बलका आईजीपी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका सचिव, नेपाल बार एसोसिएसनका अध्यक्ष र नेपाल सरकारले तोकेको एक जना महिलासहित नागरिक समाजका तीन जना प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया