हेटौँडा-कुलेखानी सडकखण्डमा ईभी गाडी दुर्घटना, चार जनाको मृत्यु, चार यात्रु घाइते
हेटौँडा । मकवानपुर जिल्लामा भाडाको ईभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।
मंगलबार दिउँसो २ बजे मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं. २ सुकौरास्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रु बहाक ईभी गाडी सडकबाट अन्दाजी १ हजार मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी टोलीले ६ जना पुरुष, २ जना महिला गरी जम्मा ८ जनालाई दुर्घटनास्थलमा फेला पारेको विज्ञप्तिमा उल्लेख छ । जसमध्ये २ जना पुरुष गम्भीर र १ जना महिला मध्यम घाइतेलाई काठमाडौंतर्फ पठाइएको छ । १ जना महिला मध्यम घाइतेलाई हेटौँडातर्फ उपचारको लागि पठाइएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा चालक बाराको कलैया उपमहानगरपालिका– २४ बस्ने बर्ष २० का अमिर अन्सारी, हेटौँडा उपमहानगरपालिका– ११ बस्ने बर्ष २३ कि कल्पना तामाङ, बाराको महागढीमाई नगरपालिका– ११ बस्ने बर्ष २१ की बबियाकुमारी यादव र मकवानपुरगढी गाउँपालिका– १ बस्ने बर्ष २३ का राजकुमार स्याङतान रहेका छन् । ३ जना घाइतेको ट्रमा सेन्टर काठमाडौं र १ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका– १ बस्ने बर्ष २४ का नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका– ४ बस्ने बर्ष ४३ का सुरज भट्टराइ, पर्साको छिपहरमाइ नगरपालिका– २, टिहुकी बस्ने बर्ष ४४ का भुवनेश्वर साह कानु र बाराको लिप्निमाल परवानीपुर–३ बस्ने वर्ष ३२ का सरफरोस मियाँ रहेको मकवानपुर प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र

फेसबुकबाट तपाईको प्रतिक्रिया