इन्द्र जात्रा पर्व मेलबर्नमा सेप्टेम्बर २६ मा मनाइने, सहभागी हुन आह्वान

मेलबर्न । अष्ट्रेलियाको मेलबनमा नेवा गुठी भक्टोरयाले इन्द्र जात्रा २०२६ कार्यक्रम गर्न लागेको छ ।

इन्द्र जात्रा येँया पुन्हि मेलबर्नमा शनिबार, २६ सेप्टेम्बर २०२६ मा अष्ट्रेलियन नेपालिज् मल्टिकल्चर सेन्टर, डिगर्स रेस्ट, भिक्टोरियामा हुनेछ । इन्द्र जात्रामा नेवा गुठी भिक्टोरिया अष्ट्रेलियाले पत्रकार सम्मेलन गरेर सबैलाई उपस्थित हुन आह्वान गरिएको मायाप्रसाद सुवालले बताएका छन् ।

नेवा गुठी भक्टोरियाले सम्पूर्ण नेपाली, अष्ट्रेलियाली तथा बहुसांस्कृतिक समुदायलाई इन्द्र जात्रा २०२६ मा सक्रिय सहभागिता जनाउन आग्रह गरिएको गुठीका सल्लाहकार एवम् समाजसेवी राजन मास्केले बताएका छन् । उनले गत वर्षको इन्द्र जात्राभन्दा पनि यस पटक झन् स्मरणीय बनाउने तयारी गरिएको बताएका छन् ।

इन्द्र जात्रा उत्सवमा विभिन्न समुदायका मानिसहरूलाई नेपालको समृद्ध सांस्कृतिक सम्पदा प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

परम्परागत संगीत, नृत्य, सांस्कृतिक प्रस्तुति, रथ निर्माण तथा रथ यात्रा, धार्मिक तथा सांस्कृतिक परम्परा लगायतका विविध कार्यक्रमहरू उत्सवका प्रमुख आकर्षण रहने मास्केले बताएका छन् ।

गुठीका अध्यक्ष सुवालले गत वर्षको इन्द्र जात्रा सफल बनाउन योगदान पु¥याउने सम्पूर्ण स्वयंसेवक, समर्थक, सामुदायिक संस्था, कलाकार तथा समुदायका सदस्यहरूप्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्ष सुवालले अष्ट्रेलियाको नेपाली डायस्पोरा तथा बहुसांस्कृतिक समुदायबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै यस वर्षको इन्द्र जात्रामा अझ व्यापक सहभागिता र सहकार्यका लागि सबैलाई आह्वान गरेका छन् ।

इन्द्र जात्रा, अथात् येँया पुिन्ह, नेपालको विशेषगरी काठमाडौं उपत्यका र नेवा समुदायसँग सम्बिन्धत प्राचीन तथा महत्वपूण सांस्कृतिक उत्सव हो ।

Published : Monday, 2026 September 14, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया