भीमफेदीमा त्रिभुवन राजपथ भासियो, आवागमन एकतर्फी सञ्चालन
भीमफेदी । मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथमा सडक भासिन जाँदा सवारी आवागमनमा कठिनाइ भएको छ ।
सोमबार भदौ २९ गते बिहान करीव पौने दश बजेको समयमा भीमफेदी गाउँपालिका वडा नं. ९ अघोर बजार नजिक त्रिभुवन राजपथमा सडक तलबाट भासिन गई सवारी आवत जावतमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडक भासिएको खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी खटिएर एकतर्फ सवारी आवागमनमा सहयोग गरेको छ । प्रहरीले सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउन पहल भइरहेको जनाएको छ ।
Published : Monday, 2026 September 14, 3:58 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया