पर्वतमा देउवा पक्षीय नेताहरूको भेला, भदौ १५ मा अधिवेशन गर्न विभिन्न समितिहरू गठन
कुश्मा । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति, पर्वतले महाधिवेशनको तयारीका विषयमा भेलामा छलफल गरेको छ ।
आइतबार कुश्मामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि पोषनाथ शर्माको उपस्थितिमा अधिवेशनको तयारीका विषयमा छलफल भएको हो । नेपाली कांग्रेस पर्वतका संयोजक यामबहादुर मल्लले आफूहरू नियमित महाधिवेशनको पक्षधर रहेको भन्दै महाधिवेशनको दुई वटा मितिले गर्दा पार्टीलाई बिभाजिनतिर लगेकोमा चिन्ता जनाएका छन् । उनले दुबै पक्षलाई मिलाएर लैजाने र कांग्रेसलाई बलियो बनाउने आफूहरूको उद्देश्य रहेको बताए ।
संयोजक मल्लले कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा निस्सा पाएर बिचाराधीन रहेका बेला पार्टी बिभाजन हुने गतिविधि हुन नहुने बताएका छन् । आफूहरू जिम्मेवार भए पनि अर्को पक्ष जिम्मेवार हुन नसकेको मल्लले बताए ।
तथाकथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले अर्थात् गगन थापा समूहले भदौ ३ गते अधिवेशन राखेको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूले भदौ १५ गतेका लागि अधिवेशन राखेको छ ।
पर्वत कांग्रेसका संयोजक मल्लले भने, ‘रुख चिन्ह सबैसँग छ । मिलेर गयो भने एक भएर जान्छ । होइन भने दुइटा रुख चिन्हको महाधिवेशन हुन्छ । कांग्रेसका कार्यकर्ताहरूले बुझ्न जरुरी छ ।’
‘कांग्रेसको बैधानिकताको विषय र बिचाराधीन मुद्दाका विषयमा सबैलाई थाहा छ । अदालतमा यो मुद्दा बिचाराधीन छलफलमा रहेको छ,’ मल्लले भने, ‘मुद्दाको अब छिट्टै सुनुवाई हुँदैछ । तर, पनि केही समय लाग्न सक्छ । टुंगिएको मुद्दालाई निस्सा दिएर पनरावलोकन गर्ने गरि मुद्दा फर्किएर आएको छ ।’
संयोजक मल्लले भने, ‘हाम्रा नेताहरूले भन्नुभएको छ । कानून व्यवसायीहरूले भन्नु भएको छ । अदालतबाट निस्सा पाएसँगै हामीले कांग्रेस आधा मुद्दा जितिसकेका छौँ ।’
पर्वतमा आइतबार भएको शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलामा पोषनाथ शर्मा, नवराज गुरुङ, रामचन्द्र पौडेल लगायतका नेता तथा अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
भेलाले पर्वत जिल्लामा शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशन गर्नका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया