बाढी प्रभावितहरूबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र ३ जिल्लाका कमाण्ड पोष्टहरूबीच छलफल

काठमाडौं । रसुवा–भोटेकोशी बाढीपछि जारी रहेको खोज, उद्धार तथा राहतका सन्दर्भमा प्रभावकारी संचार र समन्वय कायम गर्ने उद्देश्यले केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र तीनवटा जिल्लाका जिल्ला कमाण्ड पोष्टहरूबीचमा छलफल भएको छ ।

छलफलमा खोज, उद्धार तथा राहतका पछिल्ला चुनौती र फुकाउनुपर्ने विषय, प्रभावित परिवारहरूलाई बसोबास र जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराउन आवश्यक नीतिगत प्रबन्ध एव् पुनःनिर्माणलाई अघि बढाउने विषयमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले रिपोर्टिङ गरेका छन् ।

भर्चुअल माध्यमबाट भएको छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले खोज तथा उद्धारको समय–सीमा तोक्नेतिर जानुपर्ने, सम्पर्क टुटेका बस्तीहरूबीचको कनेक्टिभिटी पुनःस्थापनालाई जोड दिनुपर्ने, गेगरान (डेब्रिस) व्यवस्थापनका लागि स्थानीयबाट माग आएको, पुनर्निर्माणका लागि पहुँच एवं जीविकोपार्जनलाई ध्यान दिनुपर्ने लगायतका विषय पनि राखेका छन् ।

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा नियमित रुपमा विस्तारित बैठक तथा छलफल गरी पछिल्ला चुनौतीलाई हल गर्दै खोज, उद्धार तथा राहतलाई निश्कर्षमा पु¥याउने र अस्थायी आवास हुँदै स्थायी पुनःनिर्माणतिर अघि बढ्ने विषयमा पनि छलफल भएको छ ।

Published : Sunday, 2026 September 13, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया